सुर्खेतमा ६ जना जुवाडे जुवाखालबाट पक्राउ परेका छन् ।
बुधवार राति वीरेन्द्रनगर–८ भानुचोकमा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्थानीय झलकजंग शाहीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले घरभेटी शाहीसति ६ जनालाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–७ का झलकजंग शाही, हरि थापा, मनोज शाही, मिनराज शाही, धनबहादुर गुरुङ र सुरज सिजाली रहेका छन् ।