साँखु क्षेत्रमा यात्रुबाहक बस दुर्घटना भएको छ।
काठमाडौंको शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकखण्डमा जर्सिङ पौवाबाट साखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए।
बुधबार साँझ करिब ५ः४५ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनापछि घटनास्थलबाट सबै यात्रुलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनाको कारण, घाइतेको संख्या र अवस्था लगायतका अन्य विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।