ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोनाभाइरस संक्रमण भएको छ।
मेयर महर्जनलाई शुक्रबार कोरोना पुष्टि भएको हो।
उपत्यका नगरपालिका फोरम काठमाडौंका अध्यक्षसमेत रहेका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य तथा सचिवसमेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले शुक्रबार विज्ञप्ति निकालेर मेयर महर्जनलाई कोरोना लागेको उल्लेख गरेका हुन्।
यस्तै, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई पनि कोरोना संक्रमण भएको छ।
नगरपालिका फोरमले दुबै जना मेयरको स्वास्थ्यलाभ कामना गर्दै विज्ञप्ति निकालेको हो।
‘उहाँहरूको सम्पर्कमा आउनुभएका महानुभावहरू सचेत रहनुहुन तथा आवश्यकता अनुसार पिसिआर परीक्षण गराउनु हुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
यो पनि:
ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण