विराटनगरमा कोरोना संक्रमणका कारण एक दिनमै पाँच जनाको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार अनुसार पछिल्लो २४ घण्टामा विराटनगरका तीन अस्पतालमा दुई महिला र तीन पुरुषको मृत्यु भएको हो।
बस्नेतका अनुसार विराटनगर अस्पतालमा एक महिला, एक पुरुष, न्युरो अस्पतालको कोभिड अस्पतालमा एक महिला, एक पुरुष र कोसी अस्पताल कोभिड उपचार केन्द्रमा एक जना पुरुषको मृत्यु बिहीबार मृत्यु भएको हो।
सुनसरी धरान उपमहानगरपालिका-१२ की ७५ वर्षीय महिला र सप्तरीको मौली-५ का ६० वर्षीय पुरुषको विराटनगर अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएको बस्नेतले बताए।
यस्तै, न्युरो अस्पतालमा दुई जनाको मृत्यु भएको छ। बस्नेतका अनुसार विराटनगर महानगरपालिका- ७ की ४५ वर्षीय महिला र विराटनगर-३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।
यसैगरी, कोसी अस्पतालको कोभिड पचार केन्द्रमा झापा कनकाई नगरपालिका-३ का अर्का पुरुषको मृत्यु भएको छ।
बुधबार बेलुका भर्ना भएका ती पुरुषको बिहीबार बिहानको राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख बस्नेतले जानकारी दिए।
मृतक सबैको शव नियमानुसार नेपाली सेनाले व्यवस्थापन गरेको छ।