गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
बिहीबार राति ९ बजे मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक २५ वर्षीय सुरज सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर पर्वत केसीले जानकारी दिए।
केसीका अनुसार सुरज सत्यवती गाउँपालिका–६ खैरेनी निवासी हुन्। उनी दुर्घटना भएको ठाउँमा बालुवामा पुरिएको अवस्थामा भेटिएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर केसीले बताए।