उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ।
गए राति कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट भएको छ।
घटनाको कसैले जिम्मेवारी नलिएको उनले बताए। घटनास्थलमा प्रहरी पुगिसकेको छ।
‘बिस्फोटनबाट टेबल, कुर्सीमा क्षति पुगेको छ,’ उनले सेतोपाटीसँग भने, ‘कसले, किन बिस्फोट गराएको भन्ने खुलेको छैन।’
सुतली बम बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ।