काठमाडौं उपत्यकामा १५६ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा ४२ र भक्तपुरमा १५ संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा १७५३ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६८९, भक्तपुरमा ४८५ र ललितपुरमा ५७९ सक्रिय संक्रमित छन्।
नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ४०३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
९ हजार ५११ जनाको पिसिआर परीक्षण र १८९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ७ हजार ०४५ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ।
२०१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।