दाङको घोराहीमा एक महिलाको जलाशयमा डुबेर मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १६ ढिकपुरस्थित मानव निर्मित कृत्रिम जलाशयमा डुबेर स्थानीय ३० वर्षीया विमला घर्ती मगरको मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार डिलमा बसेर नुहाउने क्रममा चिप्लिएर मगर जलाशयमा डुब्न पुग्दा मृत्यु भएको जानकारी दिए।
मगरको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।