रोल्पामा भिरबाट लडेर घाइते एक महिलाको मृत्यु भएको छ।
रुन्टीगढी गाउँपालिका १ दाङचौरकी ४८ वर्षीया पार्वती बुढा क्षेत्री पुस १४ गते दिउँसो एक बजेतिर खर काट्ने क्रममा भिरबाट लेडर घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि बेलुकी ६ बजेतिर दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो।
उनको टाउको, अनुहार र बाँया हातमा चोट लागेको थियो।
बुधबार परिवारका सदस्यहरूले उनलाई अस्पतालबाट घर लगेका थिए।
घाइतेको बिहीबार बिहान साढे ६ बजेतिर घरमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए।
घटनाबारे थप अनुसन्धान हुने पनि प्रहरीले जनाएको छ।