देशका ३४ वटा जिल्लामा जनसंख्या घटेको देखिएको छ। राष्ट्रिय जनगणना २०७८ का अनुसार अघिल्लो जनगणनाको तुलनामा जनसंख्या घटेको पाइएको हो।
सबैभन्दा बढी रामेछाप जिल्लामा १.६७ प्रतिशतले जनसंख्या घटेको छ।
यो जिल्लामा २०६८ को जनगणनामा दुई लाख दुई हजार ६४६ जना रहेकोमा अहिले घटेर एक लाख ७० हजार ३२० पुगेको छ।
खोटाङ जिल्लामा १.५६ प्रतिशतले जनसंख्या घटेर एक लाख ७५ हजार २९८ पुगेको छ। जनसंख्या घट्ने जिल्लाहरूमा सबै हिमाली र पहाडी जिल्ला रहेका छन्।
काठमाडौं उपत्यका नजिकको जिल्ला काभ्रेपलाञ्चोकमा समेत ०.४६ प्रतिशतले जनसंख्या घटेको छ।
*सच्याइएको।
कहाँ कति घट्यो जनसंख्या

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९, १५:४९:००