भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका-९ पलासेस्थित ३३ वर्षीय रामकुमार सार्कीको शुक्रबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
रामकुमारको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।
असार १ गते घरमा चिया पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागी भएपछि उनी गम्भीर घाइते भएका थिए।
उनको उपचारको लागि स्थानीय मेडिकल मार्फत थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लगेको थियो। त्यहीँ उपचारको क्रममा उनको मृत्यु भएको हो।