आज सात जिल्ला र आसपास भएर बहने नदीहरूमा जलसतह बढ्न सक्ने आकलन गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ईलाम, झापा, पाँचथर, संखुवसभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही स-साना नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम छ।
आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाब सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ।
यी नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहेपनि जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
अहिले बाराको निजगढमा भारी वर्षा भइरहेको छ।