कञ्चनपुरमा एक जना खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेका छन्।
बेदकोट नगरपालिका–१ चम्फापुर बस्ने ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएपी प्रकाश डाँगीले बताए।
उनको मंगलबार बेदकोट नगरपालिका–३ बजारस्थित अनमोल होटल नजिक पानी जमेको खाल्डोमा शव भेटिएको प्रहरीले जनाएको छ।