समाज डेन्टल हस्पिटलको १० औं शाखा सीतापाइलामा खुलेको छ।
'दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता' भन्ने उद्देश्यका साथ २३ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको १० औं शाखाले आजदेखि सीतापाइला चोकको त्रिरत्न ताम्राकार हाउसमा आफ्नो सेवा सुरू गरेको हो।
समाज डेण्टल हस्पिटलले सीतापाइला शाखा उद्घाटनका दिन सम्पूर्ण सेवामा ५०% छुट र असोजभरी १५ % छुट दिने हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए।