इटहरी उपमहानगरले आजदेखि नि:शुल्क शववाहन र एम्बुलेन्स सेवा सुरू गरेको छ।
नगरबासीलाई नि:शुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर नि:शुल्क रूपमा सेवा विस्तार गरिने उपमहानगरले जनाएको छ।
नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी नि:शुल्क एम्बुलेन्स र शववाहन सेवा सुरू गरिएको जनाए।
इटहरी उपमहानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शववाहन र घरदेखि इटहरी अस्पतालसम्म नि:शुल्क संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाइ छ।
पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै एम्बुलेन्स सेवा थालिएको मेयरको भनाइ छ।