मंगलबार बिहान झरेको सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुलनजिकै बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको हो। सडक डिभिजन कार्यालयले पहिरो पन्छाउने कार्य भइरहेको जनाएको छ।
उक्त कार्यालयका सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो पन्छाउन करिब २ घन्टा लाग्ने जानकारी दिए।