दाङमा दुई महिनाको अवधिमा सर्पदंशका एक सय सात घटना भएका छन्। तीमध्ये छ जनाको सर्पले टोकेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कमा साउन महिनामा ३६ र भदौमा १८ महिला गरी ५४ जनालाई सर्पले टोकेको थियो। त्यस्तै, साउन महिनामा २८ पुरूष र भदौमा १३ पुरुष गरी ४१ जना सर्पले टोकेर घाइते भएका थिए।
साउनमा ६ र भदौमा ६ गरी १२ बालबालिकालाई सर्पले टोकेको थियो।
यस्तै, सर्पदंशबाट साउन एक महिला, दुई बालबालिका, साउनमा दुई पुरूष, भदौमा एक पुरूषको सर्पदंशका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
सर्पले टोकेका बिरामीलाई समयमै उपचारका लागि अस्पताल नलैजानु, झारफुकको विश्वासमा परी अन्तिम अवस्थामा अस्पताल पुर्याउनु जस्ता कारणले बिरामीको मृत्यु हुने गरेको बताइएको छ।