कपिलवस्तुमा चिर्पट प्रहार गरी बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तु वाणागंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय विकास परियार हुन्।
उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले पक्राउ गरेको हो।
घरयासी विवादका क्रममा उनले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी घाइते बनाएका थिए। उपचारको क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएपछि विकासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।