दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
महाबु गाउँपालिका-३ बस्ने १६ वर्षीय किशोर दाहालको सोमबार साँझ मृत्यु भएको हो।
सोही गाउँपालिका-३ एक्लेसल्लोस्थित महादेव मन्दिरमा तीजको नाच हेरी फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिए।
उनका अनुसार सोही ठाउँका दाहालसहित १० जना चट्याङ लागेर घाइते भएका थिए। तीमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उनले बताए।
'गम्भीर घाइते भएका एक जनालाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ,' उनले भने।
बाँकी ८ जनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए।