बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चन गाउँपालिका-४ रूपन्देहीका १८ वर्षीय सुलभ केसी छन्।
उनी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बाँके प्रहरीका अनुसार हिजो राति अचानक बाल सुधार गृहभित्र दुई समूहबीच झडप भएको थियो। एक समूहले निर्घात कुटपिट गरेपछि सुलभको गएराति नै मृत्यु भएको थियो।
झडपमा १० जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लगिएको छ।
उनको मृत्युपछि सुधारगृहमा रहेका बालकहरूले सुधार गृह तोडफोड गरेका छन्।
अहिले त्यस क्षेत्रमा डिएसपी नारायण डाँगीको नेतृत्वमा सय जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चार शाखाका असई प्रेम केसीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयसहित अन्य मातहतका कार्यलयबाट सहयोग लिएर बाल सुधार गृहमा परिचालन गरिएको हो।
अहिले स्थिति केही सामान्य भएपनि पूर्ण नियन्त्रणमा आइसकेको छैन।