कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्।
हाेली पर्वकाे अवसरमा साेमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पाैडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लाेकेन्द्र शाही छन्।
पुलबाट रमाइलो मान्दै फाेटाे सुट गर्दै पाैडी खेल्न नदीमा हाम फालेका उनी बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार बेपत्ता शाहकाे खाेजी कार्य भइरहेको छ।