कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित सिमरी फाँटका खेतहरू यतिबेला उखुले हरियाली बनेका छन्।
यस क्षेत्रका किसानले वर्षौंदेखि उखुलाई मुख्य नगदे बालीका रूपमा खेती गर्दै आएका छन्।
नगरपालिकाका अधिकांश खेतमा अहिले उखु खेती गरिएको छ।
किसानहरूले उखु खेतीसँगै तोरी र आलु लगाउनका लागि खेतको केही भाग भने खाली राखेका छन्।
यहाँका किसानका लागि उखु आम्दानीको प्रमुख स्रोतका रूपमा रहँदै आएको छ।
नगदे बालीका रूपमा उखु खेतीप्रति किसानको आकर्षण बढेसँगै यस क्षेत्रका खेतहरू उखुमय बनेका हुन्।
तस्बिरहरू :
-1793775653.jpg)
-1793775653.jpg)
-1793775651.jpg)
-1793775652.jpg)
-1793775652.jpg)
-1793775651.jpg)
-1793775652.jpg)
-1793775652.jpg)
-1793775653.jpg)
-1793775653.jpg)
-1793775652.jpg)
तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी