ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
पाँचथरकी ३४ वर्षीया अञ्जु लिम्बू आफ्नै खाटमा सुतिरहेको अवस्थामा बुधबार मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार कोठामा बत्ती बलिरहेको तर मान्छे भएको कुनै संकेत नभएपछि घरबेटीले ढोका खोलेर हेरेका थिए।
'घरमा बत्ती बलिरहेको छ, तर मान्छे भएको चालचुल नभएपछि घरबेटीले खोजी गरेको रहेछ,' एसपी सुवेदीले भने, 'कोठामा महिला मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।'
अहिलेसम्म हेर्दा घटना कुनै शंकास्पद नभएको उनको भनाइ छ। पोस्टमर्टमका लागि शव पाटन अस्पताल पठाइएको उनले बताए।