तनहुँमा सडकमा रोकिराखेको बसमा कार ठोक्किँदा २ जना घाइते भएका छन्।
तनहुँ म्याग्दे गाउँपालिका- १ गुणादी स्थित सडकमा रोकिराखेको ना ५ ख ५३५९ नम्बरको बसलाई बागमती बिएसी ५७४० नम्बरको कारले ठक्कर दिएको थियो।
बस काठमाडौंबाट पोखरा जाँदै थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा कारमा सवार दुइजना घाइते भएका छन्।
घाइतेहरूमा कास्कीको पोखरा महानगरपालिका-१६ का ३२ वर्षीय विकास बानियाँ र ३१ वर्षीय सञ्जिव भण्डारी छन्।
उनीहरूको दमौलीस्थित रत्नारी अस्पतालमा उपचार भइरहेको र दुवैको स्वास्थ्य अवस्था मध्यम रहेको डिएसपी खाणले जानकारी दिए।
बस र बसका चालक दुवै जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी खाणले बताए।