डोटीमा दाउरा काट्ने क्रममा रूखले च्यापिएर शनिबार एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सायल गाउँपालिका-२ खरगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलक बोहराको मृत्यु भएको प्रहरीले जनाएकाे हो।
सायल गाउँपालिका–५ पटकानीस्थित मामा घर बस्दै आएका थिए। रानीवन जंगलमा दाउरा बनाउन बाँझको रूख काट्ने क्रममा दिउँसो १२ बजेतिर सोही रूखमा उनी च्यापिएर गम्भीर घाइते भएका थिए। घाइते बोहरालाई उपचारको लागि जिल्ला अस्पताल डोटीमा लगिएको थियो। अस्पतालमा डाक्टरले बालकलाई मृत घोषणा गरेका हुन्।
घटनाको अनुसन्धानकाे लागि प्रहरी टाेली खटिएको छ।