पाल्पामा बर्षासँगै चलेको हावाहुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ।
शनिबार साझ पौने ६ बजेतिर परेको अविरल बर्षा तथा हावाहुरीको कारण रुख ढल्दा सडकमा गुडिरहेको स्कुटर च्यापिएको थियो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन न.पा. ८ जरेपिपल स्थित सिद्धार्थ राजमार्गमा लु ८१ प ११३६ नम्बरको स्कुटरमाथि रूख ढल्दा स्कुटर चालक तानसेन नगरपालिका २ बडिज्ञानटोल बस्ने वर्ष २० को प्रथम शाही र स्कुटर पछाडि सवार तानसेन ५ कैलाशनगर बस्ने बर्ष १९ को भुवन दर्लामी घाइते भएका थिए।
घाइते भएका दर्लामीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।