दाङको लमहीमा बुधबार बिहान दुई यात्रुबाहक बस आपसमा ठोक्किएका छन्।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ होटल हाइवे अगाडि विपरीत दिसाबाट आइरहेका दुई बस आपसमा ठोक्किएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा २२ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए।
लमही नगरपालिका–३ वनगाउँमा बुटवलबाट सुर्खेततर्फ जाँदै गरेको ल १ ख ७३६३ नम्बरको बस र दाङको तुलसीपुरबाट बुटवल तर्फ जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस आपसमा ठोक्किएका थिए। दुर्घटना दुवै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ।