अविरल वर्षापछि काभ्रेको पनौतीमा आएको बाढीले बगाएकी महिलाको अवस्था हालसम्म पनि अज्ञात छ।
सोमबार अविरल वर्षापछि पनौती–५ सुब्बा गाउँनजिकै ढलमले ठाडो खोलामा आएको बाढीले ३३ वर्षीया रेणुका गिरीलाई बगाएको थियो। सोमबार अपराह्न ४ बजेतिर उनलाई खोलाले बगाएको सूचना आएको भए पनि खोजतलास गर्दा अहिलेसम्म पनि उनको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ।
बारीमा आलु खन्न गएकी उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उनको खोजतलास गरिरहेको छ।
सोमबार पनौती क्षेत्रमा ६ घन्टामा ४३.२ मिलिमिटर वर्षा भएको थियो। मध्याह्नदेखि साँझसम्मै परेको वर्षाले पनौती नगरपालिकाका अधिकांश वडा प्रभावित हुनुका साथै बाढीले अस्थायी सडक कटान गरेको छ।
यो पनि:
मौसमविदलाई प्रश्न– पनौतीमा एक्कासि कसरी आयो बाढी?