जिल्ला अदालत काभ्रेले दलित अभियानी खगेन्द्र सुनारलाई धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार उनलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएका हुन्।
सुनारमाथि अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबार मुद्दा लागेको थियो।
सुनार आज अदालतमा उपस्थित भएपछि थुनछेक बहस र आदेश भएको जिल्ला अदालतका काभ्रेका श्रेष्तेदार इन्दिरा कार्कीले जानकारी दिइन्।
'धरौटीमा छोड्न आदेश दिइएको छ। उहाँ धरौटी बुझाउने तयारीमा हुनुहुन्छ,' उनले भनिन्।
अधिवक्ता मनिषा गौतमले आफूमाथि अपशब्द प्रयोग गरेको भन्दै सुरूमा साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
ब्युरोले उनलाई गृह जिल्लाबाटै कानुनी प्रक्रियामा अगाडि बढाउन भनेको थियो। त्यसपछि उनी काभ्रे पुगेकी थिइन्।