नवलपरासी पूर्वमा तीनवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
सोमबार राति कावासोती नगरपालिका-१४ अग्यौलीस्थित भित्री सडक खण्डमा गोडारबाट डण्डा जाँदै गरेको ग.प्र.०४-००१ प ८५९२ नम्बरको मोटरसाइकल र दिशाबाट आउँदै गरेको प्रदेश ०३-०३ प २५२१ नम्बरको मोटरसाइकल सुरूमा ठोक्किएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार दुर्घटनापछि अनियन्त्रित बनेको ग.प्र ०४-००१ प ८५९२ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको अर्को ग.प्र.०४-००२ प १८४७ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो।
दुर्घटनामा नवलपरासी पूर्वकफ देवचुली नगरपालिका-१७ का २९ वर्षीय ओमप्रकाश खोजवारको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएकोमा राति नै २१:४८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ।