दार्चुलामा होटल नजिकै एक जना प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।
सामुदायिक प्रहरी सेवा बाङ्गे बगरमा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती स्थानीय एक होटेल नजिकै मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी गौरब महतले हवल्दार घर्ती मृत्युको घटना शंकास्पद रहेको बताए।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।