मोरङमा हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार अपराह्न सुन्दरहरैचा नगरपालिका-२ बेलडाँगीबाट दुई जनालाई पक्राउ गरेको एसपी कवित कटुवालले जानकारी दिए।
उनका अनुसार २८ वर्षीय सिलास लिम्बुको घरबाट प्रहरीले मेड इन युएसए लेखिएको पेस्तोल, दुई वटा ह्यान्डसेट र एउटा भरूवा बन्दुक बरामद गरेको थियो।
लिम्बुले उक्त हतियार प्रेमबहादुर गुरूङसँग लिएको बताएका थिए। त्यसपछि गुरूङलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।