हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
तराई भू-भाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ।
त्यस्तै देशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
बुधबार राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ।
महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।