भरतपुरमा गाडीको ठक्करबाट अटोरिक्सामा सवार एक यात्रुको मृत्यु भएको छ।
अटोरिक्साका चालकसहित चार जना घाइते भएका छन्।
भरतपुर-७ प्रेमवस्ती चोकमा विहान ४ बजेतिर गीतानगरबाट भरतपुरतर्फ आइरहेको बा.प्र. ०३-००१ ह २३८८ नम्बरको अटोरिक्सालाई भित्री सडकबाट आउदै गरेको बा.प्र. ०१-०२९ च १४१७ नम्बरको गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा माडी नगरपालिका- ७ बस्ने ४४ वर्षीय मिनबहादुर खत्री क्षेत्रीको मृत्यु भएको हो।
गम्भीर घाइते उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।
अटोमा सवार माडी-७ की ७२ वर्षीया हरिकला खत्री, ४५ वर्षीया अम्बिका जि.सी., २२ वर्षीय अमित खत्री क्षेत्री र अटोरिक्सा चालक भरतपुर-१२ बस्ने ३३ वर्षीय सुर्य रिमाल घाइते भएका छन्।
उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।