भरतपुरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइल चालकको मृत्यु भएको छ।
विहान ७ बजेतिर भरतपुर-१५ सितल चोकमा टुरेचोकबाट आउँदै गरेको ना ४ ख ४७७२ नम्बरको मिनी ट्रकले रामपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ४४ प १६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका स्याङ्जाका अन्दाजी २५/२६ वर्षीय सुरज थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
मोटरसाकलमा सवार स्याङ्जा हरिनास गाउँपालिका-४ घर बताउने २२ वर्षीया निरुता थापा गम्भीर घाइते भएकी छन्।
उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।