हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहने पूर्वानुमान छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।
राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने पूर्वानुमान छ।
राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।