नेपालमा पहिलो पटक एमआइसिएस प्रविधिबाट मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ४२ वर्षीया पुरूषको मुटुको भित्री भागमा रहेको प्वाल (भिएसडी) को एमआइसिएस प्रविधिमार्फत सफलतापूर्वक बन्द गरिएको हो।
काखीको सानो प्वालबाट गरिने यस आधुनिक शल्यक्रिया विधि परम्परागत खुला मुटुको शल्यक्रियाभन्दा कम पीडादायी र छिटो निको हुने प्रविधि मानिन्छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अनिल भट्टराई नेतृत्वमा डा. रवि बराल, डा. प्रभात खकुराल, डा. समिर यादव र प्रा.डा. विश्वास प्रधानको टिमले उक्त शल्यक्रिया सम्पन्न गरेको हो।