काठमाडौं टोखा नगरपालिका-१ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र एक महिलाको शव भेटिएको छ।
मंगलबार शिवपुरी जंगलमा हत्या गरी गाडेको अवस्थामा तारकेश्वर नगरपालिका-३ तीनपिप्ले घर भएकी ४५ वर्षीया सरिता तिवारीको शव भेटिएको हो।
उनी वैशाख ११ गते बिहान साढे ११ बजेतिर घरबाट निस्केकी थिइन्। १२ गतेसम्म नफर्किएपछि उनका परिवारले खोजी गरिदिन निवेदन दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार सरिताको परिवारीले प्रहरीमा निवेदन दिएपछि खोजी कार्य सुरू गरिएको थियो। अनुसन्धानको क्रममा सोमबार टोखा नगरपालिका-२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिइएको छ।
'अनुसन्धानको क्रममा सरिताको हत्यामा अनिलको संलग्नता देखिन्छ, थप अनुसन्धान भइरहेको छ,' उनले भने।
मृतकको शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। थप अनुसन्धान भइरहेको उनले बताए।