जापानमा रहेका नेपाली युवा व्यवसायीहरुले येहे रेमिट सुरु गरेका छन्।
जापानमा बढ्दो नेपालीको संख्यालाई ध्यानमा राखेर भरपर्दो र रेमिट्यान्स सेवा सुरूवात गरेको जनाइएको छ।
टोकियोको आकिहाबारामा कम्पनीको कार्यालय राखेर काम सुरु गरिएको येहे रेमिटका कार्यकारी निर्देशक नविन निउरेले बताए।
'रेमिट्यान्स सेवा जति विश्वासिलो र भरपर्दो हुन्छ त्यतीनै हुन्डीको कारोबार कम हुन्छ।त्यसैले हामीले यो प्रयास गरेका छौं,' एनआरएनएका युवा संयोजक समेत रहेका निउरेले भने,'येहे रेमिटको एपबाट आफुले चाहेको रकम नेपाल पठाउन सकिन्छ। यसले नेपाली समुदायलाई सहज बनाउनेछ भन्ने हाम्रो विश्वास छ।'
आफूहरुको सेवा छिटो भरपर्दो र सुरक्षित रहेको निउरेको दाबी छ।
येहे रेमिटमा निउरेसँगै एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने,सुरेशचन्द्र उपाध्याय लगायत छन्।