प्रहरीले दुई जना ठेकेदारलाई नियन्त्रणमा लिएको छ।
सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पिताम्बर बडूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई नियन्त्रणमा लिएर मन्त्रालयमा बुझाइएको कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।
‘कुनै ठेक्काको निर्माण सम्पन्न नगरेको भन्ने रहेछ। मन्त्रालयबाट उपस्थित गराइदिनुस् भन्ने आएपछि हामीले उपस्थित गराएका छौं,’ उनले भने।
स्रोतका अनुसार उनीहरू नागढुंगा सडक खण्ड र धुलिखेलस्थित सडकखण्डको निर्माण गर्दै आएका ठेकेदारहरू हुन्।
उनीहरूले उक्त सडकखण्डको निर्माण सम्पन्न नगरेको भन्दै मन्त्रालयले बोलाएर सोधपुछ गरेको हो।
मन्त्रालयले हाल ठेक्का सम्पन्न नगर्ने ठेकेदारहरूलाई बोलाएर सोधपुछ थालेको स्रोतले बतायो।