काठमाडौंको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) र त्यस वरपरको क्षेत्र पछिल्लो समय अझै आकर्षक देखिन थालेको छ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएपछि रानीपोखरीलाई परम्परागत मल्लकालीन शिखर शैलीमा पुनःनिर्माण गरिएको थियो।
पुनःनिर्माण सम्पन्न भएपछि सर्वसाधारणका लागि खुला गरिएको यो सम्पदा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा रहेको रानीपोखरी परिसरमा बिहानदेखि साँझसम्म निःशुल्क प्रवेशको व्यवस्था छ।
पोखरीको बीचभागमा रहेको ऐतिहासिक बालगोपालेश्वर मन्दिर भने वर्षमा एकपटक तिहारको भाइटीकाका दिन मात्र खुला गरिन्छ।
नियमित सरसफाइ, हरियाली संरक्षण र रातिको आकर्षक प्रकाश व्यवस्थापनले रानीपोखरीको सौन्दर्यलाई थप निखारेको छ। काठमाडौंको इतिहास, संस्कृति र शहरी विकासलाई एउटै दृश्यमा नियाल्न चाहनेका लागि रानीपोखरी र यसको आसपासको क्षेत्र अहिले उपत्यकाको प्रमुख आकर्षणमध्ये एक हो।
विशेषगरी ३६० डिग्री एरियल दृश्यमा रानीपोखरी, घण्टाघर, त्रिचन्द्र बहुमुखी क्याम्पस, खुलामञ्च तथा पुरानो काठमाडौंको शहरी संरचना एकै फ्रेममा कैद हुँदा राजधानीको ऐतिहासिक र आधुनिक स्वरूप एकसाथ झल्किएको छ।
-1785553250.jpg)
-1785553250.jpg)
-1785553250.jpg)
-1785553250.jpg)
-1785553249.jpg)
-1785553249.jpg)
-1785553249.jpg)
-1785553249.jpg)