पशुपति क्षेत्रस्थित ऐतिहासिक जय बागेश्वरी (देवपाटन) क्षेत्र आफ्नो मौलिक स्वरूपतर्फ फर्किँदै छ।
सम्पदा संरक्षण अभियानअन्तर्गत यस क्षेत्रमा परम्परागत शैलीका बत्ती, संरचना तथा ऐतिहासिक फल्चाहरूको पुनर्निर्माण तीव्र रूपमा अघि बढाइएको छ।
लोप भइसकेका शताब्दीऔँ पुराना 'ग्वलः दे फल्चा', 'रामलंका फल्चा' लगायतका सम्पदा तथा ढुंगेधाराहरूलाई परम्परागत नेवारी वास्तुकला, काठका कुँदिएका टुँडाल र झिँगटीको छाना प्रयोग गरी पुरानै स्वरूपमा फर्काउन लागिएको हो।
काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको सहकार्यले स्थानीय सांस्कृतिक सौन्दर्य बढाउनुका साथै जयबागेश्वरी क्षेत्रलाई प्राचीन मल्लकालीन झलक दिने गरी पुनर्जीवित गर्दैछ।
तस्बिरहरू:







