मुग्लिन-नारायणघाट सडक दुई तर्फ नै सञ्चालनमा आएको छ।
शुक्रबार बिहान साढे ७ बजे १५ किलोमा सडक माथिबाट लेदो खसेपछि एकतर्फी बनेको सडक बिहान सवा ९ बजेदेखि दुईतर्फी नै सञ्चालनमा आएको हो।
लेदो हटाइएपछि अहिले सवारी आवागमन दुइतर्फी नै सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।