सेती नदीमा कुकुर फाल्ने महिला पक्राउ परेकी छन्।
बझाङ जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेकी महिलालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया छन्।
उनले सेती नदीको पानकोट पुलको पश्चिम किनाराको रेलिङबाट कुकुरलाई फालेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। कुकुरलाई निर्दयी व्यवहार गरेको भन्दै प्रहरीले अनुसन्धान गरी रोकायालाई पक्राउ गरेको हो।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।