काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा प्रहरीले गोली चलाएर सुजन तामाङलाई पक्राउ गरेको छ।
उनीमाथि डलर सटहीमा ठगी गरेको आरोप थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार बिहीबार राति प्रहरीले गोली चलाएर तामाङलाई पक्राउ गरेको हो।
तामाङको घुँडामुनि गोली लागेको छ।