माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरूङमा शुक्रबार मात्र १३ वटा शव फेला परेका छन्।
सेनाका अनुसार सुरूमा अडिट-३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए। फेरि खोजीका क्रममा थप ७ वटा शव फेला परेको सेनाले जनाएको हो।
शव टनेल बाहिर निकालि सकिएको सेनाले जनाएको छ।
यो आयोजनाको सुरूङबाट यसअघि विभिन्न मितिमा १५ वटा धव निकालिएको छ।
यो आयोजनाको सुरूङमा ३०० जना फसेको आशंकामा खोजी भइरहेको हो।