अविरल वर्षाले पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खसेको छ। उक्त पहिरा हटाउने कार्य भइरहेको छ।
यसबीच मनकामना मन्दिरको पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो गएपछि सवारी साधनलाई साविकको पार्किङ स्थलसम्म जान रोकिएको छ।
सवारी साधनका लागि राजमार्गको देब्रेतर्फ, मुग्लिनतर्फ करिब ७० मिटर अगाडि पार्किङको व्यवस्था गरिएको छ।
मनकामना केबुलकार सेवा भने पूर्ण रूपमा सुरक्षित र नियमित सञ्चालनमा रहेको जनाइएको छ।
राजमार्ग खुलेलगत्तै वा यात्रुहरू आउन थालेपछि पनि केबुलकार सेवा निरन्तर सञ्चालन हुने बताइएको छ।