तिहार नजिकिएसँगै काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरू भएको छ।
वर्षमा एकपटक भाइटीकाका दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ।
भाइटीकाका दिन मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनलाई सहज होस् भन्ने उद्देश्यले मन्दिर परिसरको सरसफाइ, सजावट तथा व्यवस्थापनको काम भइरहेको हो।
भाइटीकाका दिन दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वर मन्दिर पुगेर पूजा गर्ने र टीका लगाउने परम्परा छ।
यही धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन हरेक वर्ष भाइटीकाका अवसरमा मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै आएको छ।
भाइटीकाको दिन मन्दिरमा दर्शन तथा टीका लगाउन भक्तजनको भीड लाग्ने गर्दछ। त्यसैलाई लक्षित गरी मन्दिरलाई आकर्षक बनाउने र आवश्यक व्यवस्थापन मिलाउने काम भइरहेको छ।
तस्बिरहरू:
-1793961824.jpg)
-1793961824.jpg)
-1793961824.jpg)
-1793961824.jpg)
-1793961823.jpg)
-1793961823.jpg)
-1793961824.jpg)
-1793961823.jpg)
-1793961822.jpg)
-1793961822.jpg)
-1793961822.jpg)
-1793961822.jpg)