चितवन राष्ट्रिय निकुञ्जमा बाघले गौरमाथि आक्रमण गरेको रोमाञ्चक दृश्य क्यामरामा कैद भएको छ।
निकुञ्जमा जंगल सफारीका क्रममा बेलायती पर्यटक क्रिस्टोफर जोन्सले उक्त दुर्लभ दृश्य आफ्नो क्यामरामा कैद गरेका हुन्।
पटिहानीस्थित टाइगरल्यान्ड रिसोर्टबाट जंगल सफारीमा निस्किएका जोन्सले बाघ र गौरबीचको जीवन–मरणको संघर्षलाई नजिकबाट अवलोकन गर्दै तस्बिर खिच्न सफल भएका हुन्।
प्रकृतिको खाद्य शृङ्खलामा बाघलाई शक्तिशाली सिकारीका रूपमा लिइन्छ भने गौर नेपालको जंगलमा पाइने विशाल वन्यजन्तुमध्ये एक हो।
यी दुई शक्तिशाली वन्यजन्तुबीचको मुठभेड निकै रोमाञ्चक र दुर्लभ मानिन्छ।
जोन्सले कैद गरेको उक्त दृश्यले चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तुको प्राकृतिक व्यवहार र यहाँको रोमाञ्चक वन्यजीवनलाई उजागर गरेको छ।
तस्बिर : क्रिस्टोफर जोन्स / नेपाल फोटो लाइब्रेरी
-1793952065.jpg)
-1793952064.jpg)
-1793952064.jpg)
-1793952065.jpg)
-1793952065.jpg)
-1793952064.jpg)
-1793952063.jpg)
-1793952063.jpg)