यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ।
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायु, सुस्वास्थ्य तथा सुखसमृद्धिको कामना गर्ने परम्परा छ।
भाइटीकाका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बिहानैदेखि भक्तजनका लागि खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै सर्वसाधारणका लागि खुल्ने यस मन्दिरमा टीका लगाउन आउनेहरूको बिहानैदेखि घुइँचो लागेको छ।
दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू बालगोपालेश्वर मन्दिर पुगेर टीका लगाउने र पूजाआजा गर्ने गर्छन्। यहाँ दाजुभाइ नहुने दिदीबहिनीले तथा दिदीबहिनी नहुने दाजुभाइले एकअर्कालाई टीका लगाएर भाइटीका मनाउने परम्परा छ।
भाइटीकाको उत्तम साइतभन्दा अगावैदेखि मन्दिर परिसरमा टीका लगाउने, दर्शन गर्ने तथा पूजाआजा गर्नेहरूको भीड देखिएको छ।
भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा देखिएका केही दृश्य :
-1794364430.jpg)

-1794364430.jpg)
-1794364429.jpg)
-1794364431.jpg)
-1794364431.jpg)
-1794364431.jpg)
-1794364430.jpg)
-1794364431.jpg)
-1794364430.jpg)
-1794364430.jpg)
-1794364430.jpg)
-1794364429.jpg)
-1794364429.jpg)
-1794364429.jpg)
-1794364429.jpg)